सप्तरी, ५ फागुन । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–११ फर्सेट बस्ने ३० वर्षीय प्रदिप कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको महदेवा गाउँपालिका–१ चिमटीस्थित हुलाकी सडकखण्डमा डिमनबाट राजविराजतर्फ जाँदै गरेको को २८ प ६५८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किंदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटना पश्चात घाइते भएका उनलाई उपचारका लागि गाजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।