आइओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो

काठमाडौं, ५ फागुन । इण्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ ।
आइओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर ३ रुपैयाँ ८८ पैसा मूल्य घटेर पठाएको हो ।
यसअघि २३ माघमा मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा ३/३ रुपैयाँ बढाएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने निगमले जनाएको छ ।
आइओसीलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको ७ अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूल्य नघटाउने निगमले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


