पाकिस्तानको यात्रुवाहक रेलमा विस्फोट हुँदा २ को मृत्यु, ८ जना घाइते

एजेन्सी, ४ फागुन । पाकिस्तानको क्वेटाबाट पेशावर गइरहेको एउटा यात्रुवाहक रेलमा बिहीबार विस्फोट भएको छ ।
बीबीसीका अनुसा यस विस्फोटमा दुईजनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।
समाचार अनुसार रेलको चौथो डिब्बामा बम विस्फोट भएको हो । पाकिस्तान रेल्वेका अनुसार मारिनेमा एकजना महिला पनि छन् ।
सुरुवाती विवरण अनुसार विस्फोटको कारण ग्यास चुहावट बताइएको छ । तर, प्रहरीले यस घटनाको जाँच भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


