काठमाडौं, ४ फागुन । क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ ।

उनले झापा कमल गाउँपालिका–७ ठुलो बाराघारी बस्ने ४० वर्षीय सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ लिएको प्रहरीको दाबी छ ।

थापालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।