काठमाडौं, ४ फागुन । प्रहरीले कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाईका तोपेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ ।

उनीसहितका व्यक्तिले ६ लाख रुपैयाँमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

गोंगबुबाट पक्राउ परेका सिंहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ (१) र (२)बमोजिमको कसूरमा कानुनी कारबाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा राखिएको प्रहरीले जनाएको छ ।