बस दुर्घटनामा परी दुईजनाको मृत्यु

नुवाकोट, ४ फागुन । नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।
घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । केही घाइतेलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउने क्रम जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


