उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनीत

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उद्धव पौडेललाई उपाध्यक्षमा मनोनीत गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टी विधानबमोजिम पौडेललाई उपाध्यक्ष पदमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका हुन् ।
पौडेल पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि छन् ।
पौडेल गत वैशाखमा राप्रपामा प्रवेश गरेका थिए । त्यसअघि उनी कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिए । उनी राप्रपा नेपालमा कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख थिए ।
राप्रपा नेपालले राजसंस्थालाई प्रमुख एजेण्डा नबनाउने भएपछि उनी पुनः राप्रपामा फर्किएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


