भण्डारीकी आमा हरिकलाको निधन

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा.निजिमा ताम्राकारले बताइन् ।
बुधवार राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो ।
आइसियुमा राखेर उपचार भइरहेको बेला हरिकलाको निधन भएको हो । सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


