वैदेही सामुदायिक सेवा समितिको निर्वाचनमा १७ जनाको उम्मेदवारी

जनकपुरधाम, ३ फागुन । जनकपुरधामको वैदेही सामुदायिक सेवा समितिको फागुन ६ गते हुने नयाँ कार्य समितिको निर्वाचनमा १७ जनाको उम्मेदवारी परेको छ ।
समितिको ९ सदस्यीय नयाँ कार्यसमितिका लागि सबै पदमा गरि कुल १७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सिताराम साहले बताए ।
अध्यक्ष पदमा दुईजना, उपाध्यक्षमा दुईजना, महासचिवमा दुईजना, महिला सचिवमा दुईजना, कोषाध्यक्षमा दुईजना र कार्यकारिणी सदस्यमा ७ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा श्याम सुन्दर साह र विनोद कुमार साहको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा सन्तोष साह र राम उदगार दासको उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमा दिलिप कुमार साह र राजेन्द्र साहको उम्मेदवारी परेको छ ।
महिला सचिवमा सरिता कुमारी साह र सावित्री देवि दास तथा कोषाध्यक्षमा राम प्रताप साह र राम विनोद साहको उम्मेदवारी दर्ता भएको छ ।
कमिटीको कार्यकारणी समितिमा ४ जना हुनुपर्नेमा ७ जनाले उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृत सिताराम साहले जानकारी दिए । पुरुष सदस्यमा किशन साह, फुलदेश्वर यादव उर्फ दशैया, रामनाथ साह र शम्भु प्रसाद साहको उम्मेदवारी परेको छ ।
महिला सदस्यमा बबिता देवी दास, सरिता कुमारी यादव र सुस्मिता कुमारीको उम्मेदवारी परेको छ । समितिमा कुल मतदाता संख्या ३७३ रहेको अधिकृत साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


