बालेन शाहसँग तत्काल जरिवाना नलिन सर्वोच्चको आदेश

काठमाडौं, ३ फागुन । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा मेयर शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको हो ।
शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले तत्काल जरिवाना नअसुल्न अन्तरिम आदेश दिइएको छ ।
तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएको अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


