काठमाडौं, ३ फागुन । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत नेपाल सरकारलाई कोरोनाविरुद्धको १५ लाख मात्रा फाइजर खोप प्रदान गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदुत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।

राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि जर्मनी सरकारले नेपाल सरकारलाई निरन्तर सहयोग जारी राख्ने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गरे ।

मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई दिइने प्रतिबद्धता व्यक्त गरे ।