न्यूजिल्याण्डमा ६.१ तीब्रताको ‘डरलाग्दो’ भूकम्प

एजेन्सी, ३ फागुन । न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प मापन गरिएको छ । त्यहाँका स्थानीयले भूकम्पलाई ‘ठूलो’ र ‘डरलाग्दो’ बताएका छन् ।
ठूला झट्काका साथ सुरु भएको भूकम्पको कम्तीमा ३० सेकेण्डसम्म हल्का धक्का महसुस भएको बताइएको छ । जियोनेटका अनुसार भूकम्प पारामराउमुबाट ५० किलोमिटर उत्तरपश्चिममा ४८ किलोमिटर गहिराइमा गएको थियो ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ । वेलिङ्टन क्षेत्र आपतकालीन व्यवस्थापन कार्यालयले परकम्प आउन सक्ने बताएको छ ।
६.१ तीब्रताको भूकम्प आएको केही समयपछि ४.० को अर्को पराकम्प मापन गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


