काठमाडौं, ३ फागुन । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१ कास्की घर भई हाल नखीपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका–४ नुवाकवट घर भई हाल टोखा बस्ने ३८ वर्षीय अनिल राई र लिखु गाउँपालिका–४ नुवाकोट घर भई हाल तारकेश्वर बस्दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरूङलाई रामशाहपथ, राईलाई सामाखुसी र तामाङलाई बालाजु पेयाँटारबाट पक्राउ गरेको हो ।