कुमर कान्त झा कांग्रेसको प्रमुख सचेतक मनोनित

जनकपुरधाम, २ फागुन । नेपाली कांग्रेसले प्रदेशसभा सदस्य कुमर कान्त झालाई प्रमुख सचेतक मनोनित गरेको छ ।
झालाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ६ को उपधारा (६) वमोजिम पार्टीको मधेस प्रदेशसभा संसदीय समितिको प्रमुख सचेतक पदमा मनोनित गरिएको हो ।
नेपाली कांग्रेस संसदीय समितिलाई थप सुदृढ एवं गतिशील बनाउन झाको महत्वपूर्ण सहयोग र योगदान रहनेछ भन्ने विश्वासका साथ प्रमुख सचेतक मनोनित गरिएको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


