महोत्तरीबाट १७ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

महोत्तरी, २ फागुन । महोत्तरी प्रहरीले १७ लाख भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका–८ का २९ वर्षीय महेश यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यादवलाई १७ लाख भारु अर्थात नेपाली २७ लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
मंगलबार बिहान ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाएर भारततर्फ गईरहेको गोप्य सूचनाको आधारमा नेपाल भारत सिमास्थित मटिहानीबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।
डिएसपी पोखरेलका अनुसार उनको साथबाट ५ सयको भारतीय नोट ३४ सय थान बरामद गरिएको छ ।
उनीमाथि विदेशी विनियम ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


