प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको स्तरोन्नतिका विषयमा छलफल भएको बताइएको छ ।
मुख्यमन्त्री अधिकारीका अनुसार उनले गण्डकी प्रदेशको स्तरोन्नतिका लागि विभिन्न आठ प्रस्ताव राखेका थिए ।
ती प्रस्तावमा प्रधानमन्त्री र आफू समान निष्कर्षमा पुगेको मुख्यमन्त्री अधिकारीले फरकधारलाई बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


