एजेन्सी, २ फागुन । टर्कीमा गत सोमबार बिहान आएको शक्तिशाली भूकम्पबाट भत्किएको भवनको भग्नावशेषबाट एक बालिकाको एक सातापछि जीवितै उद्धार गरिएको छ ।

दक्षिणी टर्कीकी मिरे नामकी ती बालिकालाई भूकम्प गएको १७८ घण्टापछि भग्नावशेषबाट उद्धार गरिएको हो ।

एउटा भिडिओमा उनलाई अँध्यारोबाट बाहिर निकाल्दै गर्दा उद्धारकर्मीहरूले हर्षोल्लास गरिरहेको देखिन्छ ।

सोमबार नै भग्नावशेषमा १८२ घण्टासम्म फसेका अर्का १३ वर्षीय बालकसहित केहीलाई जीवितै उद्धार गरिएको थियो ।

टर्की र सिरिया गरी मृतकको संख्या झन्डै ४० हजार पुगेका बेला जीवितै उद्धार गर्ने कुरा दुर्लभ बन्दै गइरहेको छ ।