मधेस प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

जनकपुरधाम, २ फागुन । मधेस प्रदेश सभाको पहिलो अधिवेशनको पाचौँ बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
आजको बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।
आजको बैठकमा प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री सरोजकुमार यादवप्रति शुभकामना मन्तव्य राख्ने कार्यसूचीसमेत रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


