तनहुँ, १ फागुन । प्रहरीले तनहुँको बन्दीपुरबाट ८४ वर्षीया आमाको हत्या गरेको आरोपमा उनका छोरा र बुहारीलाई पक्राउ गरेको छ ।

बन्दीपुर गाउँपालिका–३ शेराटारमा ८४ वर्षीया माया सर्किनीको हत्या आरोपमा उनका ४७ वर्षीय छोरा राज कुमार सार्की र ३५ वर्षीया बुहारी सुशीला मजकोटीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता मोहन बहादुर खाँणले दिएको जानकारी अनुसार सोमबार बिहान गाई गोठमा आगो लगाएको अवस्थामा प्रहरीले मायाको शव भेटेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा बुहारी मिलेर हत्या गरेको देखिएको प्रवक्ता खाँणले बताए ।