प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए ।
यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री विमला पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


