पूर्वकप्तान इयोन मोर्गनद्वारा सन्यासको घोषणा

काठमाडौं, १ फागुन । इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान इयोन मोर्गनले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
डब्लिनमा जन्मिएका ३६ वर्षीय यी क्रिकेटरले गत वर्षको जुनमा अन्तर्राष्ट्रिय करिअरबाट विश्रामको घोषणा गरेका थिए ।
मोर्गनको नेतृत्वमा इंग्ल्याण्डले सन् २०१९ मा एकदिवशीय विश्वकप जितेको थियो भने एकदिवशीय र टी–२० को विश्व वरीयतामा इंग्लिस टिम शीर्ष स्थानमा पुगेको थियो ।
अन्तर्राष्ट्रिय करिअर अन्त्य गरेयता उनले लण्डन स्पिरिट टिमबाट द हन्ड्रेड र पर्ल रोयल्स टिमका लागि दक्षिण अफ्रिका टी–२० लिग खेलेका थिए ।
‘गर्वका साथ क्रिकेटका सबै प्रारुपबाट सन्यासको घोषणा गरेको छु । धेरै सोच विचार गरेपछि मैले सक्रिय क्रिकेटबाट टाढा रहने निर्णय गरे । यति लामो समयमा मैले क्रिकेटबाट सबैकुरा पाएको छु,’ मोर्गनले भनेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


