परराष्ट्रमन्त्री पौड्यालसँग विशेष दूत जङको शिष्टाचार भेटवार्ता

काठमाडौं, १ फागुन । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग दक्षिण कोरियाका राष्ट्रपति युन सियोक योलका विशेष दूत सुङ मिन जङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ ।
भेटमा परराष्ट्रमन्त्री डा. पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदान लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई आग्रह गरेकी थिइन् ।
सो अवसरमा सल्लाहकार सुङले ईपिएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


