काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्दको घोषणा

काठमाडौं, १ फागुन । आन्दोलनरत यातायात मजदुरहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।
उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले सार्वजनिक यातायात बन्द आह्वान गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


