काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको हो ।

गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।

पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिको बैठकमा रास्वपाले चितवन २ मा उपचुनावको उम्मेदवार माग गरेको थियो भने सत्तारुढ दलका नेताहरुले सरकारमा आउन आग्रह गरेका थिए ।

चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गर्दै चुनावमा जान तयार रहने निर्णयसमेत गरेको छ ।