काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाउने भएको छ ।

पार्टीको केन्द्रीय तहमा मनाइने जनयुद्ध दिवस सोमबार बिहान ८ बजे मनाउन लागेको हो ।

जनयुद्ध दिवस कार्यक्रममा उपस्थित हुन पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको छ ।

अरु प्रदेश, जिल्ला र स्थानीय तहमा आ–आफ्नो अनुकूलमा मनाउन निर्देशन दिएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।