जनकपुरधाम, २९ माघ । पर्सा प्रहरीले स्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ बस्ने २५ वर्षीय रामप्रवेश कुमार रहेका छन् ।

रामप्रवेशले हेल्मेटमा लुकाएर स्रोत नखुलेको ८ लाख रुपैयाँ ल्याइरहेको अवस्थामा वीरगञ्जबाट सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको मोबाइल टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइकलमा सवार रामप्रवेशले हेल्मेटमा नगद लुकाएर ल्याइरहेको फेला पारेको थियो ।

प्रहरीले उनको साथबाट एक हजार दरको नोट ७ लाख ५० हजार र एक सयको नोट ५० हजार गरी ८ लाख रुपैयाँ बरामद गरेको छ ।