उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारका कामकारबाहीको विषयमा छलफल

काठमाडौं, २९ माघ । सत्ता साझेदार दलहरूको आइतबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारका कामकारबाहीको विषयमा छलफल भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारका कामकारबाहीको समीक्षाका साथै गठबन्धनलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिएका हुन् ।
बैठकमा राष्ट्रपति निर्वाचनबारे भने छलफल भएन । सत्ता साझेदार दलभित्र कुनै असहमति नरहेको पनि लिङ्देनले बताए ।
लिङ्देनले राष्ट्रपति निर्वाचन तथा उम्मेदवारलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद नरहेको पनि दाबी गरेका छन् । आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको छ ।
आजको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने सहभागी थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


