वीर अस्पताल अगाडि बिरामी र तिनका आफन्तले गरे प्रदर्शन

काठमाडौं, २९ माघ । काठमाडौंको वीर अस्पताल अगाडि बिरामी र उनका आफन्तले प्रदर्शन गरेका छन् ।
बिरामी र उनका आफन्तहरुले उपचार सेवा माग्दै अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो ।
नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए ।
सुरक्षा गार्डहरुले ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले हटाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


