विद्युत् प्राधिकरण कर्मचारी युनियनको प्रदेश अध्यक्षमा अजय यादव चयन

जनकपुरधाम, २८ माघ । नेकपा एमाले निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन मधेस प्रदेशको अध्यक्षमा अजयकुमार राय यादव चयन भएका छन् ।
जनकपुरधाममा सम्पन्न युनियनको ११औँ अधिवेशनले यादवको नेतृत्वमा १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा सत्यन्दर ठाकुर, सचिवमा मुकेश गोइत, उपसचिवमा उपेन्द्र पासवान र कोषाध्यक्षमा सिवना राई यादव सर्वसम्मत चयन भएको अध्यक्ष अजयले जानकारी दिए।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उदघाटन गरेको अधिवेशनमा युनियनका केन्द्रीय संयोजक रामकुमार थेवे, मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिह, भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादव र नेकपा एमाले मधेस प्रदेशका सहइञ्चार्ज एवं पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सम्बोधन गरेका थिए ।
अधिवेशनमा करिब २५० जना प्रतिनिधिको सहभागिता रहेको अधिवेशन आयोजक समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


