काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी नेपाल सम्बद्ध नेपाल बौद्धिक पेशाकर्मी महासंघको गठन तयारी समिति बनेको छ ।

शनिबार काठमाडौंको बालकुमारीमा आयोजित भेलाले सीताराम साहको संयोजकत्वमा २३ सदस्यीय तयारी समिति गठन गरेको हो ।

समितिको सह–संयोजकहरूमा डा. दिलिप यादव र मञ्जारुल अन्सारी छन् भने सचिवमा विनोद विश्वकर्मा रहेका छन् ।

समितिको सदस्यहरुमा पा.डा. काशीराज पाण्डे, डा. राजेशप्रसाद यादव, नवलकिशोर यादव, प्रीति रमन, सुरेन्द्र कुमार यादव, राधेश्याम विश्वकर्मा, केबी अधिकारी, सुर्य चौलागाई, रामनारायण राय यादव, सच्चितानन्द यादव, रुवि सिंह, स्मिता यादव, ई परशुनारायण यादव, मनोज यादव, शाहीमान राई, वीरेन्द्रप्रसाद यादव, शम्भु चौधरी, सत्यनारायण साह र वीरेन्द्र कुमार यादव रहेका छन् ।

भेलाले जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी महासंघ र घटक संगठनको समिति घोषणा गर्ने निर्णय गरेको छ । तयारी समितिले घोषणाको मिति तय गर्नेछ ।

भेलाको प्रमुख अतिथि संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा थिए भने विशेष अतिथि प्रचार विभाग प्रमुख पूर्ण बस्नेत थिए ।

डा. उमाशंकर साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मञ्जारुल अन्सारीले गरेका थिए भने डा. दिलिप यादवले स्वागत गरेका थिए ।