मधेस प्रदेशमा प्रथम प्रदेश निजामती सेवा दिवस मनाइयो

जनकपुरधाम, २८ माघ । मधेस प्रदेशमा शनिबार प्रथम प्रदेश निजामती सेवा दिवस मनाइएको छ ।
‘संघीयतामा प्रदेश निजामती प्रशासन, मधेस प्रदेशको विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ प्रथम प्रदेश निजामती सेवा दिवस मनाइएको हो ।
प्रदेश निजामती सेवा दिवस समारोह समिति मधेस प्रदेश जनकपुरधामले दिवसको अवसरमा शनिबार बिहान जानकी मन्दिरको प्राङ्गणमा भेला भई प्रभातफेरि निकालेको थियो ।
प्रभातफेरिमा प्रदेशका निजामती कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रभातफेरिपश्चात् मधेस भवनमा प्रथम प्रदेश निजामती सेवा दिवस भव्यताका साथ मनाइएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


