त्रिभुवन विमानस्थलबाट ३५ किलो चरेससहित चारजना थाई नागरिक पक्राउ

काठमाडौं, २८ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा लागुऔषधसहित चारजना थाई नागरिक पक्राउ परेका छन् ।
थाईलाइन एयरको उडान नम्बर २२१ बाट बैंकक जान लागेका चारजना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।
विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् । त्यसमध्ये तीनजना महिला र एकजना पुरुष रहेको प्रहरीले जनाएको छ ।
उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘अनअराइभल भिसा’ लिएको अध्यागमन कार्यालयले जनाएको छ ।
थप अनुसन्धानका लागि उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


