जनकपुरधाम, २८ माघ । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको १५औ साधारण सभाको बन्द सत्रमा दुईपक्षबीच विवाद हुँदा संस्थाको विधान संसोधन भएपछि मात्रै नयाँ कार्यसमितिको चयन गरिने सहमति भएको छ ।

विधान संसोधन नभएसम्मका लागि वर्तमान कार्यसमिति नै यथावत रहने निर्वाचन अधिकृत राजन प्रसाद दाहालले जानकारी दिएका हुन ।

विधान संशोधनका लागि इन्जिनयर रत्न कुमार पूर्वेको संयोजकत्वमा ३ सदस्यीय विधान संसोधन समिति गठन गरिएको उनले बताए ।

समितिको सदस्यमा एशोसिएनका केन्द्रिय सदस्य बजरंग प्रसाद साह र माँ जानकी यातायात बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी सदस्य रहेको अधिकृत दाहालले बताए ।