गुप्ताको नेतृत्वमा जनकपुर हार्डवेयर व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन

जनकपुरधाम, २८ माघ । शशी कुमार गुप्ताको नेतृत्वमा जनकपुर हार्डवेयर व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
शनिबार जनकपुरधाममा एक कार्यक्रमका बिच गुप्ताको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पंकज कुमार महतो, उपाध्यक्षमा सरोज साह, महासचिवमा दिनेश कुमार हाथी, सचिवमा शिवशंकर कुमार साह र कोषाध्यक्षमा मुकेश नायकलाई सर्वसम्मत चयन गरिएको प्रमुख निर्वाचन अधिकृत ललित कुमार साहले जानकारी दिए ।
त्यस्तै, संघको सदस्यहरुमा संतोष कुमार गामी, ओमप्रकाश साह, प्रदिप कुमार साह, विशेश्वर महासेठ, जबाहर साह, रामप्रताप साह, धनन्जय कुमार साह, सुनिल कुमार यादव र अशोक कुमार साह रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष शशी कुमार गुप्ताले आफ्नो कार्यकालमा जनकपुरधामका सम्पूर्ण हार्डवेयर व्यवसायीहरुको साझा पीडालाई बुझ्दै त्यसको समाधानका उपायहरु खोज्ने प्रयास आफ्नो पहिलो प्राथमिकतामा रहने बताए ।
उनले हार्डवेयर व्यवसायीहरुलाई बैंकको व्याजदर सम्बन्धि समस्याहरु रहेकाले यसलाई पनि समाधान गर्न आफू अहिलेदेखि नै लागिपर्ने प्रतिबद्धतासमेत जनाए ।
यसअघि जनकपुर हार्डवेयर व्यवसायी संघको निर्वाचन हुने भनिएपनि निर्वाचन प्रक्रिया सुरु हुनु अगावै महासचिव पदका उम्मेदवार उमेश महतो र सचिव पदका उम्मेदवार भरत कुमार यादव एवम् श्रवण कुमार महतोले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन पक्रिया स्थगित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


