अष्ट्रेलियामा पहिलो पटक ‘धोति–कुर्ता’ र्याली

क्यानवेरा, २८ माघ । अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा मधेशी प्रवासीहरुले मधेशको पहिरण धोति–कुर्ता, गम्छा तथा सारी लगाएर परेडमा सहभागिता जनाएका छन् ।
गैर–आवासिय नेपाली संघ क्यानवेराको आयोजनमा पहिलो पटक भएको नेपाल फेस्टिवलमा मधेशी प्रवासीहरुले आफ्नो परम्परागत पहिरणमा सहभागिता जनाएका हुन् ।

क्यानवेरा निवासी मधेशी प्रवासीहरुको नेतृत्व मधेशी समाज क्यानवेराले गरेको समाजका अध्यक्ष रितेश कुमारले बताएका छन् । र्यालीमा करिब ४० जना मधेशीहरुको सहभागिता रहेको थियो । पुरुषहरु परम्परागत धोति–कुर्ता र गम्छा सहितको पहिरणमा थिए भने महिलाहरु सारी र गर–गहनामा सजिएकी थिइन् ।

‘देश एक कथा अनेक’ स्लोगन रहेको नेपाल फेस्टिवलको बहुसांस्कृतिक परेडमा मधेशी समाज लगायत, नेवारी समुदाय, तामाङ समुदाय, सनातन समाज र विभिन्न सामाजिक संस्थाका व्यक्तिहरु आ–आफ्नै पहिरणमा सजिएर सहभागिता जनाएको मधेशी समाजका महासचिव प्रभाकर साहले बताए ।
नेपाल फेस्टिवलमा मधेशी समाजले मिथिला चित्रकलाको सँगै छठ पर्वको मोडेल पनि प्रदर्शन गरेको महासचिव साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


