दैलेख, २७ माघ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ ।

दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान निधन भएको हो ।

७९ वर्षीय गुरुङ उच्चरक्तचापको कारण निधन भएको अस्पतालले जनाएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।