चुनावमा केही गम्भीर खालका अन्तर्घात देखिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले चुनावमा केही गम्भीर खालका अन्तर्घात देखिएको बताएका छन् ।
पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै प्रचण्डले एकले अर्कालाई सिद्ध्याउने खालको प्रवृत्ति देखिएको बताए ।
तीन चरणका चुनावमा अन्तर्घात हुँदा पार्टीलाई निक्कै ठुलो क्षति भएको प्रचण्डले उल्लेख गरेको एक केन्द्रीय सदस्यले बताए । स्थानीय तह, प्रदेश र संघीय चुनावमा अन्तर्गत घात हुँदा पार्टीले धेरै सिट गुमाएको बताए ।
‘हामीले स्थानीय तह चुनावमा एउटा कमिटी बनायौं । कमिटीले स्थलगत रूपमा अन्तर्घातको छानबिन गर्यो । अन्तर्घातमा संलग्न नेताहरूलाई समेत भेटेर प्रतिवेदन बुझाएको छ । अन्तर्घातको प्रकृति हेरेर आत्मालोचना गरेर छोड्ने भएमा त्यसै गर्ने गम्भीर अन्तर्घाती भएको पाएमा कठोर समेत हुनुपर्ने अवस्था आएको प्रचण्डले बताए । देश,जनता र सहिद परिवार नसम्झेर आफ्नो पद मात्रै सम्झने प्रवृत्तिलाई निषेध गर्नै पर्ने प्रचण्डले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


