काठमाडौं, २६ माघ । पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

विशेष अदालतले उनलाई यसअघि ३० हजार रुपैयाँ धरौटिमा छाडेको थियो । उपाध्याय तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदै उनीविरूद्ध न्याय परिषद्मा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो ।

विशेष अदालतका न्यायाधीशहरु (सदस्यहरु) यमुना भट्टराई, बलभद्र बास्तोला र डा खुसीप्रसाद थारुको इजलासले बिहीबार उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला दिएको प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

न्याय परिषदले उनीमाथि छानबिन गरेर कारबाही सिफारिस गरेको थियो ।