मोटरसाइकल चोरी गर्दैगर्दा एक युवकलाई रामधुलाई

सिरहा, २६ माघ । सिरहामा मोटरसाइकल चोरी गर्दैगर्दा एक युवकलाई स्थानीयले कुटपिट गरेका छन् ।
बुधबार राति गोलबजार नगरपालिका–७ बस्ने बसन्त महतोको नाममा दर्ता रहेको प्रदेश–२–०१–००२ प २२७३ नम्बरको मोटरसाइकल उनको पसल अगाडी पार्किङ गरी राखेकोमा चोरी गर्न खोज्दा स्थानीयले कुटपिट गरेका हुन् ।
सिरहा नगरपालिका–२ श्रीपुर बस्ने २५ वर्षीय दाहुत साफीले मोटरसाइकल चोरी गर्न खोज्दा स्थानियहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
स्थानीयले युवकलाई कुटपिट गरेको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


