सप्तरी, २६ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक भारतीयले घरमै प्रवेश गरेर गोली प्रहार गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१३ गोबरगाढा टप्पुमा भारतीय व्यक्तिले घरमै पसेर वृद्धमाथि गोली प्रहार गरेका हो ।

गोली लागेर ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन् । बुधबार बेलुका करिब साढे ६ बजेतिर भारतीय नागरिकले पासवानको घरमै आएर गोली हानेको बताइएको छ । घुँडामा गोली लागेको उनलाई उपचारका लागि राजविराज पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले पासवानमाथि भारतीय नागरिकले गोली प्रहार गरेको पुष्टि गरेका हुन् । उनले भारतीय जाबेद भन्ने व्यक्तिले गोली हानेको र उनको खोजी भइरहेको बताए ।