कांग्रेसले बोलाएको संसदीय दलको बैठक स्थगित

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसले बिहीबार बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ ।
समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्यविभाजन, राष्ट्रति निर्वाचनलगायतको विषयमा बोलाइएको बैठक अन्तिममा स्थगित गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।
कांग्रेस संसदीय कार्यसमितिको बैठकले २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन ।
जसका कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्विरोध हुन पुगेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


