बुहारीको बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

काठमाडौं, २५ माघ । प्रहरीले बुहारीको बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ ।
मोरङको सुनवर्षी नगरपालिका–१ बाट बुहारीको बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरिएको हो । तर, पक्राउ परेपनि उनको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनीमाथि अनुसन्धान जारी छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले मंगलबार ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीवाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


