सुर्खेत, २५ माघ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दसांैदी राष्ट्रिय सभा उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७२० र नागरिक उन्मुक्तिका राय १९२ मतभारमा सीमित हुन पुगे ।

एमाले उम्मेदवारी दसौंदीलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको हो ।