काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्षीको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा समेत बोलाएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले मंगलबार संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्ष दल र सो पार्टीका संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रतिपक्ष दलको नेताको हैसियतमा सुविधा दिन नहुने भन्दै अधिवक्ता पोखरेलले रिट दायर गरेका थिए ।