मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

सर्लाही, २५ माघ । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कबिलासी नगरपालिका–९ सलेम्पुर बस्ने २७ वर्षीय डिकेश राय रहेको प्रहरीले जनाएको छ ।
बुधबार सर्लाहीको कबिलासी नगरपालिका–७ सिरसिया रायस मिल छेउमा नवलपुर मलंगवा सडक खण्डमा मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्र.२–०३–००९ प ७९१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकल आफैं अनियन्त्रित भई बाटोको साईडमा रहेको सिमेन्टको पिलरमा ठोकिन्न जाँदा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले जानकारी दिए ।
मृतक रायको शव पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


