जनकपुरधाम, २० माघ । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट सेवाग्राहीसँग बार्गेनिङ्ग गरिरहेका एक बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–४ बस्ने ३० वर्षीय आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको अधारमा शुक्रबार दिउँसो करिब १ बजे सेवाग्राहीहरूसँग वार्गेनिङ्ग गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।