जुम्ला, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्याय दिनुपर्ने माग गर्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक ४० वर्षीय गोकर्ण कार्कीले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका कार्कीलाई प्रहरीले उद्दार गरेको परीक्षक निरीक्षक याम बहादुर बुढामगरले बताए ।