हिरासत कक्षबाट फरार भएका थनुवामध्ये ३ जना पक्राउ

जनकपुरधाम, १८ माघ । इलाका प्रहरी महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ जना थनुवाहरुमध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
फरार थुनुवामध्ये पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका वडा नम्बर–२ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशनकुमार महतो रहेका छन् ।
अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।
गत सोमबार इलाका प्रहरी कार्याललय महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । जसमध्ये ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


