बिचौलियाको काम गरेको आरोपमा महोत्तरीबाट ५ जना पक्राउ

जनकपुरधाम, १७ माघ । महोत्तरी प्रहरीले बिचौलियाको काम गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।
महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई काम गराइदिने भन्दै विभिन्न बहानामा ठगी गरेको गुनासोहरु बढ्न थालेपछि यस्ता काम गर्ने बिचौलियाहरुलाई नियन्त्रणमा लिन सोमबारदेखि नै प्रहरीको विशेष टोली परिचालन गरिएको थियो ।
प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडिबाट चारजना र मालपोत कार्यालय अगाडिबाट एकजनालाई पक्राउ गरी छाडेकोमा मंगलबारसमेत थप पाँचजनालाई नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


