फरार थुनुवाहरूमध्ये थप एकजना पक्राउ, ४ जनाको खोजी जारी

जनकपुरधाम, १७ माघ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवाहरूमध्ये थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ बस्ने २५ वर्षीय अमित मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेश टोली खटाएर खोजतलास तीव्र पारेको छ । सो टोलीले फरार थुनुवा मध्ये मण्डललाई पक्राउ गर्न सफल भएको हो ।
मण्डलमाथी सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दा चलिरहेको छ ।
यसअघि प्रहरीले सोमबार साँझ मिथिला नगरपालिका वडा नम्बर–६ का २८ वर्षीय रोशन महतोलाई पक्राउ गरेको थियो । उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
यता फरार रहेका बाँकी ४ जनाको खोज तलास तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


